पोखरामा फागुन ७ मा आयोजना गरिने ११ औ पोखरा सफल पोखरा म्यारथन भव्यताका साथ सम्पन्न गर्नका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र जिल्ला खेलकुदले सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।

 

पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मंच र ति दुई खेलकुद संस्थाका विच भएको बैठकमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा म्यराथन पोखराको मात्र नभई समग्र राष्ट्रकै गौरव गर्ने प्रतियोगिता भएको बताए ।

 

उनले म्याराथन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सो अवसरमा मंचका अध्यक्ष खडग रानाभाटले सिटी म्यारथनको अवधाराणा अन्र्तगत पोखरा म्याराथनलाई स्थापित गर्न सम्पुर्ण पोखरेलीहरु एकतावद्ध हुनु पर्ने कुरा औंल्याए ।

 

प्रतियोगिता सम्पन्न गर्न प्राविधिक हरुको महत्वपुर्ण भुमिका हुनु पर्ने भएकोले दुवै खेलकुद संस्थाका प्राविधीकहरुले विगतका वर्षमा जस्तै सहयोगको अपेक्षा रहेको वताए ।

Like Us - Facebook